ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात सुरु
ताप्लेजुङ, माघ ११
ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात शुरु भएको छ । बुधबार दिउसाे भएको सामान्य वर्षासँगै हिमपात शुरु भएको हो ।
उच्च क्षेत्रमा रहेका ओलाङचुङगोडा, याङ्मा, घुन्सा, लेलेप, ग्याव्ला, फलेलगाएतका बस्तीमा बाक्लो हिमपात भएको छ भने प्रसिद्ध तीर्थस्थल पाथिभारा मन्दिर क्षेत्रमा समेत हिमपात भएको स्थानीयले बताएका छन् ।
हिमपात भएसँगै जिल्लाभर चिसो बढेको छ । दुई हजार ५ सय मिटरभन्दा माथि रहेका उत्तरी क्षेत्रका बासिन्दा चिसोको बढी प्रभाबमा परेका छन् भने सामान्यतया जील्लाभर नै तुलनात्मकरुपमा चिसो बढेको स्थानीयले बताएका छन् ।
पाथीभारा मन्दिरमा समेत बाक्लो हिउँ परेको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिनुभयो ।
हिउ परेसँगै हिउमा रमाउन चाहने स्थानीय मानिस सुकेटार हुदै पाथीभारा मन्दिर सम्मकोभ्रमणमा निस्कन थालेको स्थानीय इन्दैनारायण भट्टराईले जानकारी दिनुभयो । गएकोवर्षको तुलनामा यस वर्ष ढिला गरी हिमपात भएको हो ।
प्रकाशित मिति: ११ माघ २०७४, बिहिबार
















