मधेसी दललाई बामको यस्तो प्रस्ताव, होला त सहमति ?




काठमाडौं, माघ १७
वाम गठबन्धनले बनाउने नयाँ सरकारको समर्थनका लागि मधेसी दललाई उपराष्ट्रपति, सभामुख र चार मन्त्रीको प्रस्ताव अघि सारेको छ ।

वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका नेता अग्नि खरेल यस्तो प्रस्ताव लिएर संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का नेतालाई भेट्न पुगेका हुन् । जनता पोष्टमा खबर छ ।

दुई तिहाई बहुमतको सरकार बनाउनका लागि गठबन्धनका दुई घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रको यो प्रस्ताव मधेसी गठबन्धनलाई आएको राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले बताए ।

राजपा र फोरमको २१ प्रतिनिधिसभा सदस्यको समर्थन पाए वाम गठबन्धनले केन्द्रमा दुई तिहाई बहुमत पुर्याउने छ ।

राजपा र फोरमले संविधान संशोधनको विषयमा वाम गठबन्धनले आफ्नो धारणा अघि सारेको खण्डमा समर्थन हुने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News