चट्याङ लागेर दुई जनाको ज्यान गयो


 


सुनसरी, भदाै ९

अबिरल वर्षासँगै परेको चट्याङ लागेर सुनसरीको कप्तानगंजमा बुधबार बिहान दुई जनाको ज्यान गएको छ । बिहान पौने ९ बजे कप्तानगन्ज ६ मा परेको चट्याङले लागेर स्थानीय ६५ बर्षिया मोहरीदेवी सरदार र उनकी ७ बर्षिया नातिनी चाँदनी सरदारको घटनास्थलमै मृत्यु भएको हो । मोहरीदेवीका ६ बर्षीय नाती सञ्जय भने गम्भीर घाइते भएका छन् । उनीहरु घरमै बसिरहेको अवस्थामा चट्याङ लागेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ९ भाद्र २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्