यस्तो छ देउवाको अर्को आकांक्षा, पाउलान साथ ?



काठमाडौं, माघ २०
वाम गठबन्धनको नेतृत्वमा सरकार गठन गर्ने तयारी भइरहेको बेला सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने लगभग निश्चित गरिसकेको नेपाली कांग्रेसभित्र संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवाले नै आकांक्षा देखाएका छन् ।

संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्ष दलको नेताको भूमिका महत्वपूर्ण हुने गर्छ । हालै सम्पन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ कांग्रेसको ६३ जना सांसद रहनेछन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

निर्वाचनमा कांग्रेसले प्रतक्ष्यतर्फ २३ र समानुपातिकतर्फ ४० सिट पाएको हो । कांग्रेस संसदीय दलको नेता बन्न आफ्नो कुल सांसदको ५० प्रतिशतभन्दा बढी मत चाहिन्छ ।

गुट उपगुटमा विभाजित कांग्रेसभित्र प्रतिनिधिसभामा निर्वाचिन सांसदमध्ये सभापति देउवा पक्षका धेरै छन् । पार्टीभित्र देउवापछि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला गुट सशक्त छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News