नेता हुनु त शान्ता चौधरी जस्तो


 


shanta chodhariपूर्वसभासद चौधरीले उपचारपछि बचेको रकम सरकारलाई फिर्ता गरिन्

काठमाडौं, भदाै १०

क्यान्सरको उपचारका लागि सरकारबाट ५ लाख पाएकी पूर्वसभासद शान्ता चौधरीले उपचारपछि बचेको  रकम फिर्ता गरेकी छन् । उनले एक बर्षअघि क्यान्सरको उपचारका लागि सरकारबाट पाँच लाख रुपैयाँ लिएकी थिइन् ।

उपचार गरेर बचेको २ लाख २ हजार रुपैयाँ सरकारलाई नै फिर्ता गरिदिएकी हुन् । ‘जुन उद्देश्यले रकम लिएकी थिएँ, त्यो काम गरेर बचेको पैसा राख्न मन लागेन’ पूर्वसभासद चौधरीले भनिन्-‘मैले फिर्ता गरेको रकमले अरु गरिब दुःखीलाई पनि उपचार गर्न मिलोस् भनेर स्वास्थ्य मन्त्रालयको खातामा लगाइदिए ।’

कम्लहरी भएर पहिलो संविधानसभामा सभासदसमेत बनेकी चौधरी क्यान्सर रोगबाट पीडित थिइन् । उनले नेपाल र नयाँदिल्लीमा आफ्नो उपचार गराएकी थिइन् । अहिले आफ्नो स्वास्थ्य राम्रो रहेको उनले जानकारी दिइन् ।

shanta bill
शान्ताले रकम फिर्ता गरेको बैंक भौचर

चौधरी पहिलो संविधानसभामा नेकपा एमालेको तर्फबाट समानुपातिक सभासद थिईन् । उनको कमलरी देखी सभासदसम्म पुस्तक प्रकाशित छ । बुधबार विविसी नेपाली सेवाको नेपाल सन्दर्भ कार्यक्रममा उनले दिएको अन्तर्वार्ता सर्वाधिक रुचाइएको थियो ।

प्रकाशित मिति: १० भाद्र २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्