अाजको राशिफल


 


अाज वि.सं. २०७२ साल भदौ १३ गते आइतबार। इश्वी सन् २०१५ अगस्ट ३० तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३५ गुँलागा। तपाईको अाजको राशिफल हेर्नुहोस्ः

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

धेरै लगानीपछि कम प्रतिफल पाइनेछ भने अरूको भरण–पोषणमा खर्च हुन सक्छ। श्रमको राम्रै मूल्यांकन भए पनि प्रतिफल तत्कालै नपाइएला। सञ्चित रकम समेत खर्च हुने योग छ। उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्नेछ। कृषि, पशुपालन आदिमा सामान्य फाइदा उठाउन सकिनेछ। आम्दानी सामान्य भए पनि सदुपयोग गर्दा ठूलो खाँचो टर्न सक्छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ। कीर्तिमानी काम सम्पादन हुन सक्छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। तर, विभिन्न अवसर आए पनि अनावश्यक प्रलोभनले अप्ठ्यारोमा पार्न सक्छ। यसले आफ्नो स्वतन्त्रतामा बाधा पुर्याउने देखिन्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। लगनशीलताले ठूलो काम सम्पादन हुन सक्छ। धेरैलाई फाइदा पुग्ने काम सम्पादन गर्न सकिनेछ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कार्यबाट दोहोरो लाभ समेत मिल्न सक्छ। विशेष योजनाहरू बन्नेछन्। धार्मिक कृत्य समेत सम्पादन हुन सक्छन्। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। मेहनतले भाग्योन्नति हुने समय छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

प्रयासमै समय मात्र बित्नेछ। आजको समस्या तत्काल समाधान नहुन सक्छ। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत कमजोरीले पनि सताउने समय छ। उपचारमा खर्च हुने योग छ। विद्यामा समय दिन नसकिएला। व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन्। इष्टदेवको पूजा–उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने समय छ। सोचेको लाभ नमिल्न सक्छ। केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। आफन्तसँग असमझदारी बढ्न सक्छ। बाध्यताका काममा अलमलिनुपर्ला। पतिपत्नीमा पनि अविश्वास बढ्ने योग छ। सामान्य आम्दानी भइरहनेछ भने व्यवसायमा पनि फाइदै हुनेछ। यात्रामा धनमाल हराउन सक्छ, सचेत रहनुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

दैनिक काममा फाइदाको योग छ। सम्पत्ति वा अधिकार संरक्षण गर्नका लागि भने अलि संघर्ष हुन सक्छ। शत्रु तथा प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नुपर्ने देखिन्छ। तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला। वादविवाद तथा रोगबाट समयमै जोगिने प्रयत्न गर्नुहोला। मुद्दा र द्वन्द्वका लागि खर्च बढ्ने सम्भावना छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

दिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। व्यापारमा भने कम मात्र फाइदा होला। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ। भूमि तथा मातृधनबाट लाभ लिने समय छ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने अवसर पाइनेछ। महत्वाकांक्षी योजना फलीभूत होलान्। काममा मातापिताको सहयोग प्राप्त होला। कृषि–चौपायाबाट लाभ मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। स्थायी सम्पत्ति जोड्ने समय छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

नयाँ काम सुरु गर्ने अवसर जुट्नेछ। मनग्य धनलाभ हुनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। आवश्यकता भन्दा सोखका विषयमा खर्च हुनेछ। कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। परिवारजनबाट टाढिनुपर्दा मन खिन्न रहनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

मान–सम्मान बढ्नेछ। बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने अवसर जुट्न सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

नयाँ कामको प्रस्ताव आउनेछ भने रचनात्मक काम सुरु हुन सक्छ। पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन हुनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुन सक्छ। पहिलेको अनुभवले थप काम गर्न हौसला मिल्नेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

केही मात्रामा खर्च बढ्नेछ र मनमा आलस्यभाव उत्पन्न हुन सक्छ। लगानी बढाउने समय भएकाले धैर्यसाथ जुट्नुहोला। चुनौतीका बाबजुद नसोचेको काम बन्नेछ। छिमेकमा असमझदारी बढ्ने सम्भावना देखिए पनि प्रयत्न गर्दा समस्या सजिलै सुल्झाउन सकिनेछ। प्रतिस्पर्धाबाट फाइदा मिल्नेछ भने वैदेशिक क्षेत्रबाट लाभ हुछ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ।

प्रकाशित मिति: १३ भाद्र २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्