अाजको राशिफल


 


अाज मिति वि.सं. २०७२ साल भदौ १४ गते सोमबार। इश्वी सन् २०१५ अगस्ट ३१ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३५ गुँलागा। तपाईको अाजको राशिफल यस्तो छः

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। साथीभाइसँग असमझदारी बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। तापनि, मनले नखाएको व्यक्ति सहयोगी बनेर देखा पर्न सक्छ। होसियारीसाथ काम लिनुहोला, फाइदा हुनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

आयआर्जन बढ्नुका साथै उठ्नुपर्ने रकम हातलागी हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको राम्रै मूल्यांकन हुनुका साथै प्रशस्त लाभ पनि मिल्नेछ। पढाइमा प्रगति र नयाँ ज्ञान प्राप्त हुने योग छ। कृषि तथा पशुपालनमा सामान्य र व्यापारमा प्रशस्तै फाइदा हुने देखिन्छ। पितृधनको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

अवसरका लागि अलि जोखिम उठाउनुपर्ने समय छ। कामको सन्दर्भमा खराब नियतका व्यक्तित्वहरूसँग प्रतिस्पर्धा हुन सक्छ। नोकरी र राजनीतिमा पनि केही समस्या देखिएपछि मात्र फाइदा हुनेछ। अरूको विश्वास जिते पनि नजिककाले धोका दिन सक्छन्। मानहानि गर्नेहरू सक्रिय रहनेछन्। प्रलोभन देखाएर फसाउनेहरू सक्रिय हुनेछन्, सचेत रहनुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम बन्नेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन्। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। भाग्योन्नतिको समय छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्। बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। बदनाम व्यक्तिहरूले मात्र सहयोगको तत्परता देखाउनेछन्, सजग रहनुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

प्रियजनसँगको भेटघाटले मन प्रसन्न रहनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ। व्यक्तित्वमा आकर्षण थपिनाले सजिलै अरूको मन जित्न सकिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। आम्दानी बढ्ने काम सुरु होला। अतिथिका रूपमा सम्मान पाइनुका साथै मनग्य धनलाभ समेत हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। आक्षेप लगाउनेहरूले गल्तीबिनै अप्ठ्यारामा पार्ने चेष्टा गर्नेछन्। सरकारी कडिकडाउको सिकार भइनेछ। थिचोमिचो गर्नेहरूले पनि सताउलान्। ठगीमा परिने समय भएकाले आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला। शत्रुहरूले केही दुःख दिन सक्छन्। फाइदाका लागि योजनाहरू गोप्य राख्नुहोला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

ढिलै भए पनि आफ्नो उद्देश्य पूरा हुनेछ। प्रतिभा देखाएरै अवसर हातपार्न सकिनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। पढाइलेखाइमा समय दिन नसकिए पनि उपलब्धि भने राम्रै पाइनेछ। सेवामूलक कामबाट धनलाभ हुन सक्छ। पेटको खराबीले सताउने भएकाले खानपानमा सजग रहुनहोला। सन्तान वा सहयोगीका माध्यमबाट फाइदा हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

परिस्थितिलाई स्वीकार गर्न नसक्ता अलि दुःख पाइनेछ। आफन्तसँग मतभेद रहनाले उनीहरूको व्यवहार शंकाष्पद देखिनेछ। अन्यत्र दुर्नाम भएका व्यक्तिहरू आफ्ना लागि भने सहयोगी बन्न सक्छन्। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। परिवारजनको सहयोग लिँदा अझ राम्रो हुनेछ। पुराना मालमत्ता र जमिनबाट लाभ उठाउन सकिनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। सहयोगीहरूले समेत हात झिक्नाले केही अप्ठ्यारोमा परिनेछ। सञ्चित रकम खर्च हुन सक्छ। पुरानो समस्याले पनि झमेला आइलाग्ने योग छ। दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। काममा फाइदै भए पनि परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन्। तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन्। लेनदेनमा विवाद बढ्ने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। काम रोकिनुका साथै आत्मसम्मानमा आघात पुग्ने सम्भावना छ। आफ्नो लाभांश अरूका हातमा जान सक्छ, सजग रहुनहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

पारिवारिक जमघटका बीच विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला। ठूलै फाइदाको आश्वासन पनि पाइनेछ। तर, यथार्थमा लाभ भने कमै मिल्नेछ। उपहारका नाउँमा बिग्रेको वस्तु हातलागी होला। स्वादिष्ट भोजनको अवसर जुटे पनि पेटको खराबीले सताउन सक्छ। सहयोगीहरूले धोका दिनेछन् भने आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, सजग रहनुहोला।

प्रकाशित मिति: १४ भाद्र २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्