१२ दिनपछि घैंटेको पोस्टमार्टम


 


काठमाडौं, भदौ १५

प्रहरी मुठभेडमा मारिएका डन कुमार घैँटे भनिने कुमार श्रेष्ठको १२ दिनपछि सोमबार पोस्टमार्टम भएको छ । राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिहरुको रोहवारमा त्रिवि शिक्षण अस्पतालमा घैँटेको पोस्टमार्टम गरिएको हो ।

डाक्टर हरिहर वस्ती नेतृत्वको चिकित्सकको टोलीले शवको पोस्टमार्टम गरेको हो । पोस्टमार्टममा छातीमा गोली लागेर मृत्यु भएको उल्लेख छ । तर कति गोली लाग्यो प्रष्ट छैन् । ६ वटाभन्दा बढी गोली लागेको छ, वस्तीले भने ठ्याक्कै कति वटा लागेको भन्ने विश्लेषण हुन बाँकी छ ।

प्रकाशित मिति: १५ भाद्र २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्