विराट गोल्डकपमा आज मनाङ र थ्रीस्टार भिड्ने


 


विराटनगर, २२ चैत । विभागिय टिम त्रिभूवन आर्मी क्लब विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

बुधबार राती सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन अर्को विभागिय टिम नेपाल पुलिस क्लबविरुद्ध टाईब्रेकरमा ४–२ गोल अन्तरले पाखा लगाउँदै आर्मीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

उसले शुक्रवार रमपम झापा ११ संग प्रतिष्पर्धा गर्नेछ । निर्धारित ९० र थप गरिएको ३० मिनेटको समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा बिहिवार मनाङ मस्र्याङ्दी र थ्री स्टारबीच प्रतिष्पर्धा हुनेछ ।

प्रकाशित मिति: २२ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्