रेडक्रसले स्थापना दिवस मनायो


 


भोजपुर, भदौ २०

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भोजपुरले स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरी मनाएको छ । विश्वमा रेडक्रस स्थापना भएको सय बर्षपछि वि.सं २०२० भाद्र १९ मा स्थापना भएको ५३ औं बर्षमा पुगेको अवसरमा जिल्ला शाखा भोजपुरले दिवस मनाएको हो ।

रेडक्रस भोजपुरले जिल्ला अस्पताल भोजपुरका विरामीहरुलाई फलफुल वितरण ग¥यो । जिल्ला अस्पतालस्थित २० जना विरामीहरुलाई फलफुल वितरण गरिएको थियो ।

फलफुल वितरण कार्यक्रममा सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख प्रतिनिधीहरुको उपस्थिती थियो । फलफुल वितरण कार्यक्रमपछि नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले दिएको सेवा पदक समेत वितरण गरिएको थियो ।

भोजपुरबाट सेवा पदक पाउनेहरुमा शिवप्रसाद प्रधान, विरोध बस्नेत र किरण राई रहेका छन् । दिवस जिल्लामा रहेका ३५ वटा उपशाखाहरुले पनि मनाएका छन् ।

प्रकाशित मिति: २० भाद्र २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्