डीपीएलको फाइनल भिडन्त आज


 


धनगढी, ३० चैत । डीपीएलको फाइनल भिडन्तमा शुक्रवार काठमाडौं गोल्डेन्स र साविक विजेता टिम चौराहा धनगढी प्रतिष्पर्धा गर्दै छन् ।
दुवै टिमको जितमा विदेशी खेलाडीको भुमिका निर्णयक हुने पक्का छ ।

सोमपाल कामीको कप्तानीमा रहेको धनगढीलाई युएइका कप्तान मोमद्ध मुस्ताफाको साथ रहँदा सुवोध भाटी चले जित्ने विश्वास काठमाडौंको छ । पहिलो क्वालिफायरमा काठमाडौंलाई पराजित गरेकाले सोहि लयलाई निरन्तरता दिने ध्यानमा धनगढी रहँदा काठमाडौं भने बदला लिंदै उपाधि जित्ने ध्याउनमा रहने छ । दुवै टिमका कप्तानहरुले उपाधिका लागिनै प्रतिष्पर्धा गर्ने बताएका छन् । यसअघि बिहिवार भएको खेलमा काठमाडौंले महेन्द्रनगर युनाईटेडलाई पाँच विकेटले पारजित गर्दे फाइनलमा स्थान बनाउन सफल भएको हो ।

प्रकाशित मिति: ३० चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्