बार्यन र रियल सेमिफाइनलमै भिड्ने,रोमा ले प्रतिद्वन्द्वी पायो लिभरपुल


 


३० चैत,एजेन्सी

 रियल मड्रिड र बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमै भिड्ने भएका छन् ।शुक्रबार भएको ड्रमा १२ पटकको विजेता रियल मडि्रडले जर्मन च्याम्पियन प्रतिद्वन्द्वी पाएको छ । पहिलो लेग म्युनिखमा हुनेछ भने दोस्रो लेग बेर्नाबाउमा हुनेछ ।

रियल मड्रिडले युभेन्टसलाई हराएको थियो भने बार्यन म्युनिखले सेभियालाई पन्छाएको थियो ।यस्तै लिभरपुलले रोमा प्रतिद्वन्द्वी पाएको छ । लिभरपुलले इंग्लिस लिग लिडर म्यानचेष्टर सिटीलाई हराएको थियो भने रोमा बार्सिलोनालाई हराउँदै अन्तिम चारमा पुगेको हो ।पहिलो लेगमा ४-१ ले हरारेपनि रोमाले दोस्रो लेगमा सनसनीपूर्ण जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको थियो ।

 

 

प्रकाशित मिति: ३० चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्