आजदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन


 


काठमाडौँ, १ वैशाख । सरकारले नयाँ शैक्षिकसत्रका लागि शनिवारदेखि भर्ना अभियान सञ्चालन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशव्यापी रुपमा विद्यालयभन्दा बाहिर रहेका बालबालिकालाई लक्षित गरी भर्ना अभियान सञ्चालन गरिएको मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले जानकारी दिनुभयो ।

उहाँले भर्ना अभियानकै क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मुगुको विद्यालयमा एक–एकजना विद्यार्थीलाई भर्ना गरेको बताउनुभयो । ‘हामी सबैको इच्छा अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने मूल नारासहित यसवर्ष मन्त्रालयले पाठ्यपुस्तकसहित भर्ना अभियान सञ्चालन गरेको छ ।उहाँले आजदेखि भर्ना अभियान सञ्चालन भए पनि अभियानकै रुपमा भने आगामी वैशाख ५ गतेदेखि घरदैलो रुपमा सञ्चालन गर्ने बताउनुभयो । रासस

प्रकाशित मिति: १ बैशाख २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्