आगामी बैसाख २२ देखि २९ गतेसम्म पाँचौ उदयपुर गोल्डकप सञ्चालन हुने


 


  २०६८ साल बाट सुरु भएको  उदयपुर  गोल्डकप को पाँचौ संस्करण आगामी बैसाख २२ देखि २९ गतेसम्म  सञ्चालन गर्ने मुल आयोजक समितिले सोमबार विहान पत्रकार सम्मेलनकोआयोजना गर्न लागीयकाले प्रतियोगिता भव्य हुनुका साथै खेलाडी र दर्शकहरुका लागि विशेष हुने मुल आयोजक समितिले आज उदयपुर सदमुकाम गाईघाट मा आयोजित  पत्रकार सम्मेलन मार्फत जानकारी दीईएको छ ।

 २ लाख देखि बृद्धि गरी ५ लाख प्रथम पुरस्कार राखिएको यो संस्करणमा विदेशी खेलाडीहरु तथा राष्ट्रिय स्तरका ए डिभिजनका मनाङ मस्यांदी क्लव काठमाडौं, संकटा क्लव काठमाडौं, रुपन्देही ११, नेपाल आर्मी क्लव, नेपाल पुलिस क्लव, थ्रीस्टार क्लव झापा ११, मोरङ ११, सुनसरी ११ र उदयपुर ११ रहेको आयोजक संयोजक किरण राईले फुटबल टिमहरु को सहभागिता रहने बताउनुभयो ।

आफ्नो रंगशाला थरुहट रंगशाला गाईघाटमा सञ्चालन हुने प्रतियोगितामा सम्भावित टिमहरुमा मनाङ मस्यांदी क्लव काठमाडौं, संकटा क्लव काठमाडौं, रुपन्देही ११, नेपाल आर्मी क्लव, नेपाल पुलिस क्लव, थ्रीस्टार क्लव झापा ११, मोरङ ११, सुनसरी ११ र उदयपुर ११ रहेको आयोजकले जनाएको छ अझ भव्य हुने संयोजक राईले बताउनुभयो ।

 जिल्लाको फुटबल खेल र खेलाडीको क्षमता बृद्धिका साथै राष्ट्रकै फुटबलको विकासको आधार तयार गर्ने उद्देश्यले गोल्डकपलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो । गोल्डकप सञ्चालन पछिको उपलब्धीमा आफनै रंगशाला निर्माण एक उदाहरण भएको संयोजक राईले बताउनुभयो ।

प्रकाशित मिति: ३ बैशाख २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्