उदयपुरको बम विस्फोटमा परेका घाइते बालकको उपचार खर्च सरकारले ब्यहोर्ने


 


५ वैशाख,उदयपुर । उदयपुरको गाइघाटमा २८ चैतमा त्रियुगा नगरपालिका १३ स्थित हवाई फिल्डमा राखिएको बेवारिसे बम बिस्फोट हुदा  घाइते भएका १४ वर्षीय बालक पारस राईको सम्पूर्ण उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ ।एक सातादेखि पारस विराटनगरस्थित लाइफगार्ड अस्पतालमा उपचाररत छन् । उनको संघीय सरकारले सम्पूर्ण उपचार खर्च ब्यहोर्ने भएको हो ।

उनको उपचारमा अहिलेसम्म डेढ लाख भन्दा बढी खर्च भइसकेको छ । उनी पूर्ण रुपमा निको हुँदासम्म ५ लाखसम्म खर्च लाग्न सक्ने अस्पतालले जनाएको छ ।

बुधबार समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले उनको सम्पूर्ण उपचार खर्च सरकारले ब्यहोर्ने बताए । उनले बालकको उपचार अवधिभरी कुरुवाहरु लाई खान र बस्ने व्यवस्था मिलादिएका छन् । लाइफ गार्ड अस्पतालमा सघन उपचार कक्षमा रहेका घाइते बालक पारसको उपचार खर्च अभावमा समस्या भएको बारेमा केही दिन अघि देखी सामाजिक संजाल र  पत्र पत्रीकामा कुरा हरु आउन थालेपछि उनको सम्पूर्ण उपचार खर्च सरकारले ब्यहोर्ने  भयको छ।

 

बुधबार समान्य प्रशासन मन्त्री पण्डित, मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आर्चाय, राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरका अनुसन्धान अधिकृत , सिविन हेल्पलाइन मोरङका संयोजक लगायत लेे अस्पतालमै गएर घाइते बालक र आफन्तलाई भेटेका थिए ।

पारसका बाबु मणीकुमार गाईघाटमा मासु काटेर परिवारको जिविका चलाउने गर्छन् । उदयपुरको गाइघाटको  सुकुम्बासी बस्ती मा उनीहरुको अस्थायी सानो घर  रहेको छ ।

प्रकाशित मिति: ५ बैशाख २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्