यी हुन् यसवर्ष उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने १० कर्मचारी


 


काठमाडौँ,भदौ २२

निजामति सेवा दिवसको अवसरमा सामान्य प्रशासन मन्त्रालयलले उत्कृष्ट निजामति सेवा पुरस्कार १० कर्मचारीलाई दिएको छ। त्यसैगरि  राम्रो काम गरेको भन्दै ३० कर्मचारीलाई निजामति सेवा पुरस्कार दिएको छ।

तर, यसवर्षको सर्वोत्कृष्ट निजामति सेवा पुरस्कार भने कसैलाई पनि दिइएन। उत्कृष्टले एक लाख र निजामति सेवा पुरस्कार पाउनेले जनही ५० हजार रुपैँया पुरस्कार स्वरुप पाउँछन्।

यो वर्ष उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने दश कर्मचारी यी हुनः

१.विपुल न्यौपाने, सहरजिष्ट्रार (सर्वोच्च अदालत)

२.लक्ष्मी प्रसाद ढकाल,सहसचिव (गृहमन्त्रालय)

३.वेगेन्द्रराज शर्मापौडेल,सहसचिव (अख्तियाबर दुरुपयोग अनुसन्धान आयोग)

४.वैकुण्ठ अर्याल,सहसचिव (अर्थमन्त्रालय)

५.एकनारायण अर्याल,प्रमुख जिल्ला अधिकारी (जिल्ला काठमाडौँ कार्यालय)

६.तिरेश प्रसाद खत्री,सिडिई (क्षेत्रीय खानेपानी अनुगमन तथासुपरिवेक्षण कार्यालय,डोटी)

७.शिवराम यादव,डिभिजन प्रमुख (हेभी इक्युपमेन्ट डिभिजन, काठमाडौँ)

८.केशवराज ढकाल,उपसचिव (प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय)

९. शिवनारायण थापा मगर, कम्पुटर अधिकृत (निर्वाचन आयोग)

१०.पोषणमान सिंह बस्नेत,इलेक्ट्रसियन (लोकसेवा आयोग)

प्रकाशित मिति: २२ भाद्र २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्