इलाममा आजदेखी माईभ्याली गोल्डकप सुरु हुँदै


 


इलाम, ६ बैशाख । इलाममा बिहिवारदेखी चौथो अन्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप फुटवल प्रतियोगिता सुरु हुँदैछ । बिहिवार हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक माईभ्याली फुटबल क्लब र कास्की –११ भिड्दैछन् ।

वैशाख १७ गतेसम्म सञ्चालन हुने गोल्डकपमा दर्शकका लागि बाँसको प्यारापिट निर्माण गरिएको छ । करिब १० हजार दर्शक अटाउन सक्ने क्षमताको प्यारापिट निर्माण भएको आयोजकले जनाएको छ । यस संस्करणमा नेपाल, भारत र बंगलादेशका १२ टिमको सहभागिता रहनेछ । भारतको दुर्गापुर स्टिलक्लब, सिक्किम युनाईटेड, बंगलादेशको एएचएम कामारुजमान, त्रिभुवन आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरीको (एपीएफ) क्लब, संकटा, थ्रीस्टार, मनाङ–मस्याङ्दी, झापा ११, कास्की ११ र आयोजक माइभ्याली फूटबल क्लबले प्रतिष्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले नगद ६ लाख ६६ हजार ६ सय ६७ र उपबिजेताले चार लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । २०७१ सालदेखि सुरु गरिएको माईभ्याली गोल्डकप माइभ्याली गोल्डकप पूर्वी पहाडमै सबैभन्दा बढी धनराशि पुरस्कारको प्रतियोगिता हो ।

प्रकाशित मिति: ६ बैशाख २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्