त्रिविका सबै कार्यालय र आंगिक क्याम्पसहरु आज बन्द


 


काठमाण्डौँ, ६ बैशाख । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै कार्यालय र आंगिक क्याम्पसहरु बिहिवार बन्द छन् । पूर्वरजिष्ट्रार निलकण्ठलाल श्रेष्ठको निधनको शोकमा विश्वविद्यालयले सबै आंगिक क्याम्पस र कार्यालयहरुमा बिहिवार एक दिन विदा दिएको हो ।

श्रेष्ठको गत चैत ३० गते निधन भएको थियो । रजिष्ट्रार कार्यालयले सूचना जारी गरी बिहिवारको विदाबारे जानकारी दिएको हो । श्रेष्ठको निधनले त्रिवि परिवार शोकमग्न भएको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: ६ बैशाख २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्