आइपिएलमा गेलको छैटौ शतक


 


बैशाख ६,मोहाली–  जारी आइपिएल क्रिकेटमा क्रिस गेल पहिलो शतक प्रहार गर्ने खेलाडी बनेका छन्। किंग्स इलाभेन पञ्जावका गेलले सनराइजर्स हैदरावाद विरुद्ध ५८ बलमा शतक प्रहार गरेका हुन्। खेलमा गेल १ सय ४ रनमा नटआउट रहे। उनले ६३ बल खेल्दा १ चौका र ११ छक्का प्रहार गरे। आइपिएलमा गेलको यो छैटौ शतक हो।

प्रकाशित मिति: ६ बैशाख २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्