फेरी अर्का गुण्डा नाइके साजन पक्राउ


 


काठमाडौं, भदाै २२

Sajan-Maharjanसामाखुशीका कहलिएका गुण्डा साजन महर्जन रकम असुलीको आरोपमा पक्राउ परेका छन्। विभिन्न व्यापारीलाई फोनमार्फत धम्क्याएर रकम मागेको आरोपमा महानगरीय प्रहरी अपराध अनुसन्धान माहाखाशाले उनलाई मंगलबार गोंगबुमा पक्राउ गरेको हो।

महाखाशा प्रमुख एसएसपीे सर्वेन्द्र खनालले धम्क्याएर रकम माग्ने गरेको गुनासो र उजुरीको आधारमा अनुसन्धानका लागि महर्जनलाई पक्राउ गरिएको जानकारी दिए। महर्जन सामाखुशी एरियाका गुण्डा हुन्।

विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको भन्दै पक्राउ पर्दै छुट्दै आएका उनी सामाखुशी नयाँ बजार क्षेत्रमा दिनेश अधिकारी चरी र कुमार घैंटेको प्रभाव बढेपछि निश्क्रिय थिए । गतवर्ष चरी प्रहरी इन्काउन्टरमा मारिएपछि उनी अर्का गुण्डा नाइके घैंटेसँग मिलेका थिए।

रात्रीकालीन व्यवशाय, ठेक्का पट्टा, बालुवा ढुंगाखानी संचालन गर्ने उनी उसअघि कुमार घैंटेसँग सहकार्य गर्दै आएका थिए। प्रहरी इन्काउन्टरमा घैंटे मारिएपछि साजन सो क्षेत्रमा सक्रिय भएका थिए।

प्रकाशित मिति: २२ भाद्र २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्