प्रदेश २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि पहल गर्ने घोषणा


 


८ बैसाख ,प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबावु राउतले २नम्बर प्रदेशमाअन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि पहल गर्ने घोषणा गरेका छन् ।

जनकपुरमा हिजोदेखि  सुरु भयको तेस्रो दीपक गुप्ता स्मृति क्रिकेट प्रतियोगिता (डीजीएमटी) उद्घाटनका क्रममा राष्ट्र खेलकुदको विकास प्रति उदासिन रहेको बताउँदै मुख्यमन्त्री राउतले अगामी दिनमा प्रदेशमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने घोषणा गरे ।

धनुषा जिल्ला क्रिकेट संघद्वारा आयोजित प्रतियोगिता मुख्यमन्त्रीले ब्याटिङ गरी उद्घाटन गरेका थिए ।

प्रदेश सरकारले खेलकुदको अवस्था सुधार्नको लागि योजनाहरु ल्याउने छु । मुख्यमन्त्री राउतले भने, खेलाडीको खेल जीवन सीमित समयकोलागी मात्र  हुने गरेको छ तेसै कारण नेपाल मा खेलकुद मा खेलाडी हरु खेल भन्दा अरु नै उपाय खोज्ने गरेका ले नेपाल खेल मा पछाडी परेको ले उनि हरु को बाँकी जीवन व्यतित गर्ने व्यवस्था हुनुपर्छ,।

 

प्रकाशित मिति: ८ बैशाख २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्