आन्दोलनमा खटिने प्रहरीलाई प्रोत्साहन भत्ता


 


काठमाडौं, भदौ २३

आन्दोलनमा खटिने प्रहरीलाई सरकारले प्रोत्साहन भत्ता दिने भएको छ । गृहमन्त्री वामदेव गौतमले मंगलबार प्रहरी प्रधान कार्यालयमा आयोजित बैठकमा यसबारे जानकारी दिएका हुन् ।

शान्तिसुरक्षा समीक्षा बैठकमा डिआइजीहरूले स्रोतसाधनको अभाव रहेको गुनासो गरेका छन् । उनीहरूले पर्याप्त इन्धन नभएको, थोत्रा गाडी रहेको गुनासो गरेका थिए ।

गृहमन्त्री गौतमले पर्याप्त स्रोतसाधन उपलब्ध हुने भन्दै उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रकाशित मिति: २३ भाद्र २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्