आर्सेन वेनगरले आर्सनलको प्रशिक्षक पदबाट राजीनामा दिने


 


बैशाख ८,एजेंन्सी,सन् १९९६ अक्टोबर १ मा आर्सनलको प्रशिक्षक बनेका आर्सेन वेनगरले यहि सिजनको अन्त्यबाट आर्सनलको प्रशिक्षक पदबाट राजीनामा दिने भएका छन्। पछिल्लो २२ वर्षदेखि आर्सलनको प्रशिक्षक रहेका उनले आफ्नो सम्झौता अघि नै पद त्याग गर्न लागेका हुन्।

फ्रान्सका ६८ वर्षीया वेनगर सन् १९९६ मा आर्सलनको प्रशिक्षक बनेकाथिए।लगातार प्रशिक्षक रहेका उनले यो सिजन आर्सनल शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा छनोट हुन नसक्ने भएपछि राजीनामा दिन लागेको बताइएको छ। आर्सनल अघिल्लो सिजन पनि शीर्ष चारमा पर्न असफल भएको थियो।

लगातार २२ वर्ष प्रशिक्षक बन्दा उनले आर्सनललाई तीन पटक प्रिमियर लिगको उपाधि दिलाएका थिए। यस्तै उनको प्रशिक्षणमा आर्सनलले ७ पटक एफए कपको उपाधि जितेको थियो। सन् १९९८ र २००२ मा आर्सनलले एफए कप र प्रिमियर लिग दुवैको उपाधि जितेको थियो।’क्लबमा धेरैवर्ष कामगर्न पाएकोमा खुसी लागेकोछ,’उनले भनेका छन्, ‘मैले पूर्ण प्रतिवद्ध र इमान्दार भएक प्रशिक्षण गरे।सवै आर्सलनका समर्थक लाई क्लबलाई साथदिन अनुरोध गर्छु।

‘आर्सनलको प्रशिक्षक बनेपछि वेनगरले ८ सय २३ खेल खेलाए।

प्रकाशित मिति: ८ बैशाख २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्