टीकापुर घटनामा संलग्न भएको आरोपमा लक्ष्मण थारू पक्राउ


 


भैरहवा, भदौ २३

laxman tharuभदौ ७ गते टीकापुरमा भएको हिंसात्मक घटनामा संलग्न भएको आरोपमा प्रहरीले मधेसी जनाधिाकार फोरम (लोकतान्त्रिक)का केन्द्रीय सदस्य  लक्ष्मण थारूलाई भैरहवाबाट पक्राउ गरेको छ। थारू भैरहवामा आएको जानकारी पाएपछि  प्रहरीले बुधवार बिहान ९ बजे उनलाई नियन्त्रणमा लिएको  हो ।

भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा एसएसपी लक्ष्मण न्यौपाने सहित ७ प्रहरी र एक बालकको ज्यान गएको थियो। पक्राउ परेका थारू पहिला नेकपा माओवादीका सैन्य कमाण्डर थिए।

प्रकाशित मिति: २३ भाद्र २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्