३० औँ पटक ‘कोपा डेल रे’ उपाधि बार्सिलोनालाई


 


एजेन्सी ,वैशाख ९

बार्सिलोनाले सहजै कोपा डेल रे को उपाधि जितेको छ । शनिबार भएको फाइलनमा सेभिल्लालाई ५ ० को फराकिलो अन्तरले हराउँदै बार्सिलोना लगातार चौथो पटक उपाधि जित्न सफल भएको हो ।

मड्रिडको वाण्डा मेट्रो पोलिटानो मैदानमा भएको खेलमा बार्सिलोनाको जितका लागि सुआरेजले २ गोल ‘१४औ, ४०औं मिनेट’ गरे उनले भने मेसी ‘३१औ मिनेट’ र इनेस्टा ‘५१औं मिनेट’ एक-एक गोल गरे । कोन्टिन्होले खेलको ६९ औ मिनेमा पेनाल्टी मार्फत एक गोल गरे ।

३० औं पटक कोपा डेल रेको उपाधि जित्न सफल बार्सिलोना ८५ वर्षपछि लगातार लगातार ४ पटक उपाधि जित्ने टोली समेत बनेको छ । यसअघि यथ्लेटिक बिल्बाओले १९३० देखि १९३३ सम्म लगातार ४ पटक उपाधि जितेको थियो ।

कोपा डेल रे सन १९०३ देखि सुरु भएको स्पेनको सबैभन्दा पुरानो फुटबल लिग हो । यस प्रतियोगिताको उपाघि बार्सिलोनाले सबैभन्दा बढी ३० पटक जितेको छ ।  रियल मड्रिडले १९ पटक उपाधि जितेका छन भने बाँकी अन्यले जितेका छन् । बार्सिलोना अर्को घरेलु लिग ला लिगाको उपाघि नजिक पुगेको छ ।

 

प्रकाशित मिति: ९ बैशाख २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्