एफए कपको फाइनलमा, उपाधिका लागि म्यानचेस्टर युनाइटेड सँग चेल्सी भिड्ने


 


बैशाख ९,एजेन्सी।  चेल्सी एफए कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आइतबार भएको दोस्रो सेमिफाइनलमा साउथह्याम्टनलाई २–० गोलले हराउँदै चेल्सी उपाधि नजिक पुगेको हो।

चेल्सीको जितमा ओलिभर जिरुडले ४६ र अल्भारो मोराटाले ८२ मिनेटमा गोल गरेका थिए।

अब उपाधिका लागि चेल्सीले म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ। म्यानचेस्टरले शनिबार टोटनह्यामलाई २–१ गोलले हराएर फाइनलमा स्थान बनाएको थियो। उपाधि भिडन्त १९ मे मा हुनेछ।

चेल्सी र म्यानचेस्टरबीच २००७ पछि एफए कपको फाइनलमा भिडन्त हुन लागेको हो। २००७ मा चेल्सीले म्यानचेस्टरलाई १–० गोलले हराएको थियो। त्यतिबेला चेल्सीको प्रशिक्षक जोसे माउरिन्हो थिए। मारउरिन्हो हाल म्यानचेस्टरका प्रशिक्षक छन्।

प्रकाशित मिति: ९ बैशाख २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्