उदयपुरमा आजबाट पूर्बाञ्चल क्षेत्रीय टेबुलटेनिस प्रतियोगिता सञ्चालन हुदै


 


उदयपुर, बैसाख १० उदयपुरमा सञ्चालन भएको पूर्बाञ्चल क्षेत्रीय टेबुलटेनिस प्रतियोगिता आज बाट सदरमुकामको बोक्सेस्थित व्याड्मिन्टन कवर्ड हलमा भव्यरुप बाट उदघाटन भई सुरु भएको छ।

पूर्बाञ्चल क्षेत्रीय खेलकुद बिकाश  समितीका अध्यक्ष रबिन नगरकोटी को प्रमुख आथीत्य मा भयको उद्घाटन समारोहमा जिल्ला समबन्य समितीका प्रमुख  खडग बहादुर परियार ले देस को नाम राख्न को लागी खेल एउटा राम्रो माध्यम भयको भनी आयोजक जिल्लाको तर्फ बाट आफ्नो भनाई राख्दै खेल को उद्घाटन गरेका थिय,कार्यक्रम मा जिल्लाका कार्यालय का प्रमुख  तथा सुरक्षा निकायका प्रमुख हरु को समेत उपस्थित रहेको थियो।

प्रतियोगितामा पूर्वाञ्चलका विभिन्न १० जिल्लाका करिब ६५  जना खेलडीले भाग लिएको जिल्ला खेलकुद विकास समीती का अध्यक्ष पुष्प  बि.क.ले जानकारी गराए  ।

आज भयको खेल मा  सुनसरी जिल्लाले प्रथम स्थान हाँसिल गरेको छ । पहिलो दिनको सो खेलमा मोरङले दोस्रो स्थान हाँसिल गरेका छ भने तेस्रो स्थानमा झापा र तेह्रथुम सफल भएका छन् ।त्यस्तै महिला टिम इभेन्ट्सतर्फ मोरङ र सुनसरी फाईनल राउण्डमा छन् भने तेस्रो स्थानमा झापा र इलाम परेका छन् ।

मंगलबार विहान महिला टिम इभेन्ट्सतर्फको फाईनल खेलपछि पुरुष डबल्स, महिला सिंगल र पुरुष सिंगल इभेन्ट्स खेल प्रतिष्पर्धा हुने टेबलटेनिस कोच शिव श्रेष्ठले जानकारी दिनुभयो ।

पूर्बाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजना तथा जिल्ला खेलकुदको संयोजनमा सञ्चालित प्रतियोगिता तीनदिनसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति: १० बैशाख २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्