भोलिदेखि उदयपुरमा स्व.ज्ञानेन्द्र बान्तवा स्मृती प्रदेशस्तरीय ब्याडमिन्टन प्रतीयोगीता हुँदै


 


अस्बिन खडका,
उदयपुर, बैशाख १३
उदयपुर जिल्लाको सदरमुकाम गाईघाटको बोक्से स्थित कर्बडहलमा भोलिदेखि पूर्वाञ्चल स्तरिय व्याडमिन्टन प्रतियोगिता शुरु हुँदैछ ।

हालै दिबंगत भएका जिल्लाको खेलकुद क्षेत्रमा अग्रणी व्यक्ति एंव त्रियुगा नगरपालिको कार्यपालिका सदस्य ज्ञानेन्द्र बान्तवाको स्मृतिमा १ नम्बर प्रदेश स्तरिय एंव पूर्बाञ्चल स्तरिय ब्याडमीन्टन प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिता त्रियुगा नगरपालिकाको प्रायोजनमा र उदयपुर सिमेन्ट उद्योग लिमिटेडको सहप्रायोजक रहेको आयोजक उदयपुर जिल्ला ब्याडमिन्टन संघका संयोजक दिपक राईले बताए ।

बैशाख १४ र १५ गते हुने खेलको सम्पूर्ण तयारी पुरा भएको आयोजकले बताएका छन् । खेलको उदयपुरका प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर कार्कीले उदघाटन गर्ने ब्याडमिन्टन संघका अध्यक्ष राजेश कार्कीले बताए ।

ब्याडमिन्टन खेलको लागि प्रदेशबाट १४० खेलाडीहरुबिच प्रतिस्पर्धा हुनेछ । जसमा पुरुष सिंगल तथा पुरुष डबलको लागि प्रथम हुनेलाई नगद २५ हजारका साथै भेटन्स तर्फका लागि पुरुष प्रथम लाई नगद २० हजार र महिला तर्फ नगद आठ हजार पुरस्कारका साथै मेडल र ट्फी उपलब्ध गराइने आयोजको भनाइ छ ।

प्रकाशित मिति: १३ बैशाख २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्