बजारमा ‘पानको मिसी…’ लिएर आइन सुनिता (भिडियो सहित)


 


लोक गायिका तथा मोडल सुनिता अधिकारीको नयाँ लोकदोहोरी गीत बजारमा आएको छ ।

सुनिताले ‘पानको मिसी हुकुमको चौकाले…’ बोलको गीत बजारमा ल्याएकी हुन् । यो उनको सातौँ गीत हो ।

शिव हमालको लय र सिर्जना रहेको गीतमा सुनिता र गायक भगीरथ चलाउनेको स्वर छ । म्युजिक नेपाल र तिर्सना म्युजिक प्रालिले यसको भिडियो पनि बजारमा ल्याएको छ । भिडियोमा सुनितासँगै रामजी खाँडको बेजोड अभिनय र नृत्य छ ।

‘आइतबार साँझ युटूबमा रिलिज भएको २४ घण्टा नबित्दै २० हजार दर्शकले हेरिसक्नुभएको छ । यो गीत निकै लोकप्रिय हुने मैले विश्वास लिएको छु ।

मेरा अभिनय पनि भएकाले दर्शकको मन जित्ने आशा लिएको छु । स्वदेश तथा विदेशबाट निकै राम्रो छ भन्ने प्रतिक्रिया पनि आइरहेको छ ।’– सुनिताले भनिन् ।

प्रकाश भट्ट निर्देशित भिडियो साइ भिजन प्रालिले निर्माण गरेको हो । जसलाई राजेश घिमिरेले क्यामेरामा कैद गरेका छन् भने विष्णु शर्माले सम्पादन गरेका छन् ।

लमजुङ धुसेनीकी सुनिताले स्कूले जीवनदेखि नै गाउन थालेकी हुन् । २०६४ सालमा एसएलसी पास गरेपछि व्यावसायिक गायिका बन्ने सपना पूरा गर्न काठमाडौँ छिरिन् ।

यो बीचमा उनले ७ वटा गीत बजारमा ल्याइसकेकी छिन् । ‘दर्शक र स्रोताहरुलाई अझै लोकप्रिय गीत पस्कने मेरो चाहना छ । सुनिता भन्छिन्, ‘लोकसंगीत हामी नेपालीको गहना हो, यसलाई जोगाउन हामी सबैको कर्तव्य पनि हो ।’

भिडियो

प्रतिक्रिया दिनुहोस्