अाजको राशिफल


 


अाज मिति वि.सं. २०७२ साल भदौ २७ गते आइतबार।   इश्वी सन् २०१५ सेप्टेम्बर १३ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३५ गुँलागा। अाज माेती जयन्ती । बुबाको मुख हेर्ने दिन । तपाईको राशिफल हेर्नुहोस्

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। तर, समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला। प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाउनेछ। संगत र खानपानमा सावधान रहनुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

परिस्थिति अप्ठ्यारो देखिए पनि आमाको सहयोगबाट काम बन्नेछ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। काममा परिवारजनको सहयोग जुटाउने चेष्टा गर्नुहोला। पशुधन र जमिनबाट सामान्य लाभ भइरहनेछ। पहिलेका निर्णयले काम बिग्रनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

बिनाप्रतिस्पर्धा फाइदा हुनुका साथै धेरै पक्षमा अनुकूल समय छ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने मौका छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

विचार सम्प्रेषण गर्न केही समय पर्खनुहोला। बिस्तारै फाइदा उठ्ने योग छ। विगतमा सम्पादित कामबाट धन लाभ हुनेछ। पठन–पाठनमा बिस्तारै प्रगति हुनेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। बोलीको गलत अर्थ लाग्नाले मान–सम्मानमा पनि आघात पुग्न सक्छ। अनावश्यक वादविवादमा परिने समय भएकाले सजग रहनुपर्नेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

प्रशंसकहरू बढ्नेछन्। प्रयत्न गरेको काम छोटै समयमा पूरा गर्न सकिनेछ। विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ भने स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। प्रेम र मित्रताको गाँठो कसिनेछ। फुर्सद नमिले पनि प्रतिष्ठित काम गर्ने अवसर पाइनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्नाले पनि दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला। समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। मेहनत गर्दागर्दै पनि उपलब्धि प्राप्त गर्न मुस्किलै पर्ने समय छ। आफ्नै कमजोरीले काममा बाधा हुने सम्भावना देखिन्छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने फाइदै हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

काम देखाएर लाभ उठाउने समय छ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पितृधनको उपयोगबाट पनि विशेष फाइदा मिल्नेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। कृषि तथा पशुपालनमा सामान्य र नोकरी तथा व्यापारमा प्रशस्त लाभ हुने योग छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। विभिन्न अवसरले पछ्याउनेछन्। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। रुचिका विषयमा लगानी बढाउने समय छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ। कामको चुनौतीपूर्ण दायित्वले कठोर निर्णय गराउन सक्छ। धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। सानातिना काममा अल्झनुपर्ला। आँटेको काम समयमा गर्न नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा सफलता भने न्यून मात्र मिल्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ। कठिन चुनौती सामना गर्नुपर्ला। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले काममा साथ दिनेछन्। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यावसायिक यात्रा हुनेछ र आम्दानी प्रशस्तै बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। हतियार तथा सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला। अलि बाध्यताका काममा जुट्नुपर्ला। केही विवादमा समेत परिने योग छ, सचेत रहनुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

अधिकारका लागि केही संघर्ष हुन सक्छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सकिनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ।

प्रकाशित मिति: २७ भाद्र २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्