बन्दले सुत्केरीको मृत्यु
गौशाला, भदौ २७
महोत्तरीमा विगत छ दिनदेखि जारी अनिश्चितकालीन निषेधाज्ञाका कारण अस्पताल लैजान नपाएर गएराति एक सुत्केरीको मृत्यु भएको छ । निषेधाज्ञाका कारण समयमा सुत्केरीलाई अस्पताल पु¥याउन नसक्दा जिल्लाको कोल्हुवाबगेया गाविसका रञ्जीत पण्डितकी श्रीमतीको मृत्यु भएको स्थानीयवासी जीतेन्द्रकुमार मण्डलले बताए ।
गएराति करिब ११ बजेतिर प्रशव पीडा सुरु भएको उनलाई जिल्ला अस्पताल जलेश्वरमा ल्याउन कुनै पनि एम्बुलेन्स नपाएको र निषेधाज्ञाका कारण निजी गाडीले जान नमानेपछि उनका ससुरा रामभरोस पण्डितले बुहारीलाई टायरगाडामा राखेर अस्पताल लैजाँदै गर्दा उनको बाटोमा मृत्यु भएको जनाइएको छ ।
प्रकाशित मिति: २७ भाद्र २०७२, आइतबार