ट्रकको ठक्करबाट तीनको मृत्यु


 


रुपन्देही, भदाै २७

भैरहवाबाट सुनौलीतर्फ जाँदै गरेको युपी५३पी ८३०९ नंको भारतीय ट्रकले शनिबार राति विपरीत दिशाबाट आउँदै गरेको लु१०प २५२३ नंको मोटरसाइकललाई ठक्कर दिँदा तीनजनाको मृत्यु भएको छ। ट्रकको ठक्करबाट मोटरसाइकल चालक पाल्पा सोमादी गाविस–१ का ३२ वर्षीय वीरबहादुर बर्मजा, मोटरसाइकलमा सवार अर्घाखाँचीको किमडाँडा गाविस– १ की ३७ वर्षीया मधु राना र उनकी तीन वर्षीया छोरी सिमरनको मृत्यु भएको हो ।

तीनैजनाको घटनास्थलमै मृत्यु भएको र फरार ट्रक चालकको खोजी भइरहेको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक हरिराज वाग्लेले जानकारी दिए। रासस

प्रकाशित मिति: २७ भाद्र २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्