धरानमा १ नं प्रदेश स्तरिय च्याम्पियनसीप साईकल प्रतियोगिता हुने


 


सन्जु राई
धरान, बैशाख २५
धरान, सुनसरी जिल्ला साइकिलिङ्ग संघको आयोजना र धरान उप–महानगरपालिकाको संयोजनमा वैसाख २९ गते शनिबार धरानमा १ नंबर प्रदेश स्तरीय ‘प्रथम मेयर क्रस कन्ट्री च्याम्पियनसीप साईकल प्रतियोगिता हुने भएको छ ।

धरानलाई साईकल सीटिको रुपमा विकास गर्दै साईकल पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले एक नंबर प्रदेशमाका १४ जिल्लालाई समेटेर प्रतियोगिता आयोजना गर्न लागिरहेको प्रचार प्रसार संयोजक दिलिप रिनोहोङ राईले बताए ।

१ नं. प्रदेशमा रहेको साईकलिङ संघहरुलाई एकै ठाँउमा ल्याएर प्रर्वद्धन गर्नका लागि पहिलो पटक आयोजना गर्न लागिएको सो प्रतियोगितामा सुनसरी, मोरङ्ग, झापा, इलाम, धनकुटा, उदयपुर, ताप्लेजुङ्ग, संखुवासभा लगायतका जिल्लाका १ सय ५० साइकिलिस्टको सहभागिता हुने आयोजक संघले जनाएको छ ।

साईकलिङ प्रतियोगिताले धरानलाई साहसिक खेल खेल्ने शहरको रुपमा परिचित गर्ने र धरानको मात्र नभएर समग्र १ नं. प्रदेशको खेलाडिहरुलाई उत्साहित बनाउने भएकाले धरान उपमहानगरपालिकाको बार्षिक क्यालेन्डरमा राखेर प्रत्येक बर्ष आयोजना गर्न लागिएको सुनसरी जिल्ला साइकलिङ्ग संघका अध्यक्ष श्याम तामाङ्गले बताए ।

प्रतियोगिता सम्पनन गर्न अनुमानित खर्च ३ लाख ५० हजार रुपैया हुने भएकोमा धरान उपमहानगरपालिकाले यसवर्ष १ लाख ८० हजार दिएको सुनसरी जिल्ला साइकलिङ संघकी कोषाध्यक्ष अन्जना लिम्बुले बताए ।

यस प्रतियोगितामा चार समूह विभाजन गराएर खेलाइने छ । जसमा १८ बर्ष पुगेका, ४० बर्ष ननाघेको युवाको समूह, सोही समूहका महिला तथा ४० बर्ष माथिका पुरुष तथा महिलाहरु सहभागि हुने जनाएका छन् ।

प्रतियोगी खेलाडीहरुले धरानको विजयपुरचौकदेखि पञ्चकन्या हुदै १४ किमीको दूरी पार गर्नुपर्ने हिजो पत्रकार सम्मेलन गरी आयोजकले बताए ।

प्रतियोगितामा १८ वर्ष देखि ४० वर्ष मुनिका प्रथम हुनेलाई रु १५ हजार, दोश्रोलाई रु १० हजार र तेश्रोलाई रु ५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ भने भेट्रान महिला तथा पुरुषलाई भने प्रथमलाई रु ५ हजार, दोश्रोलाई रु ३ हजार र तेश्रोलाई रु २ हजार ५ सय नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: २५ बैशाख २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्