क्रिकेट प्रतियोगिता वैशाख ३० देखि


 


काठमाडौँ, २६ वैशाख

नेपाल क्रिकेट संघ (क्यान)को सहयोगमा राष्ट्रव्यापी त्रिवि बिबिए टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता–२०७५ यही वैशाख ३० गतेदेखि शुरु हुने भएको छ ।

उक्त प्रतियोगिताका खेल मूलपानीस्थित क्रिकेट मैदानमा हुने आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो ।

प्रतियोगितामा काठमाडौँ उपत्यकाभित्रका १५ वटा कलेज र उपत्यका बाहिरबाट तीन वटा कलेजले प्रतिस्पर्धा गर्नेछन् ।

उक्त प्रतियोगिताको विजेता टोलीले रू ५० हजार तथा उपविजेताले रु २५ हजार पाउनेछन् ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले रु १० हजार पाउनेछन् भने प्रत्येक खेलका म्यान अफ द म्याच घोषित हुने खेलाडी रु पाँच हजार पाउनेछन् । प्रतियोगिता जेठ ८ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति: २६ बैशाख २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्