आइपिएलमा सन्दिपको सानदार प्रदर्शन


 


काठमाण्डौ, बैशाख ३०

आइपिएलको डेब्यू खेलमा सन्दिप लामिछानेले ४ ओभर बलिङ गर्दै २५ रन खर्चिएर १ विकेट लिएका छन्।

शनिबार राति दिल्लीको फिरोज शाह कोटला मैदानमा रोयल च्यालेन्जर्स बैंलोरविरूद्ध बलिङ गरेका लामिछानेले सबैभन्दा कम इकोनोमी ओभर बलिङ गरेका हुन्।

सन्दीपले पार्थिव पटेलको विकेट लिँदै‌ ऐतिहासिक सफलता हात पारेका हुन्।


दोस्रो ओभरको चौथो बलमा उनले पार्थिवलाई एलबिडब्लुको धरापमा पारे। यसअघि उनले विराट कोहलीलार्इ सुरूवाती दुर्इ बल गरेका थिए। पहिलो बल विराटले डट खेलेका थिए। दोस्रो बलमा विराटले एक रन लिए। तेस्रो बलमा पार्थिवले चौका प्रहार गरे भने चौथो बलमा सन्दीपले उनलार्इ एलबिडब्लु आउट गरे। पाँचौ र छैठौ बल लगातार डट फालेका थिए।

नेपालबाट पहिलोपटक आइपीएल खेलिरहेका १८ वर्षे सन्दीपले यसअघि पहिलो ओभर बलिङमा ६ रन खर्चिएका थिए।

पहिलो ४ बलमा २ रन मात्रै दिएका सन्दीपको पाँचौं बलमा बैग्लोरले बाइ मार्फत ४ रन बटुलेको थियो। छैठौं बल पनि सन्दिपले डट फालेका थिए।

आफ्नो तेस्रो ओभरमा सन्दीपले ९ रन मात्रै खर्चिए। विराट कोहलीले उनको तेस्रो ओभरको पहिलो बलमा चौका प्रहार गरेका थिए।

दोस्रो बलमा विराटले कुनै रन लिन सकेनन् भने तेस्रो बलमा एक रन लिँदै एबी डिभिलियर्सलार्इ स्ट्राइकमा ल्याए। चौथो बलमा डिभिलियर्स, पाँचौं बलमा कोहली र अन्तिम बलमा डिभिलियर्सले एक-एक रन मात्रै लिन सके।

यस्तै आफ्नो चौथो ओभरमा लामिछानेले एक छक्कासहित १० रन खर्चिए।

प्रकाशित मिति: ३० बैशाख २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्