लागूऔषधसहित पक्राउ
मोरङ, जेठ ३
बिराटनगर महानगरपालिका – १ स्थित नहर चोकबाट प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । सवारी चेकजाँच गर्नेक्रममा विराटनगर–४ बस्ने २९ वर्षीय विशाल सुवेदीलाई प्रहरीले १०० मिलिलिटरको डाइलेक्स डिसी ३ बोतलसहित पक्राउ गरेको हो ।
सुवेदीले को. १४ प ४८४३ नम्बरको मोटरसाइकलको सिट मुनि सो लागुऔषध लुकाई ल्याएको फेला परेको थियो । उनलाई अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।
प्रकाशित मिति: ३ जेष्ठ २०७५, बिहिबार
















