पूर्वमा करेन्ट लागेर दुईको मृत्यु


 


मोरङ, जेठ ३
मोरङको रंगेली नगरपालिका –१ बबियाविर्ता बस्ने ४० वर्षीया नहेनश्वरी राजबंशीको सिटीसफारी रिक्सा चार्ज गर्नेक्रममा करेन्ट लागेर मृत्यु भएको छ ।

बुधबार साँझ रिक्साको ब्याट्री चार्ज गर्न खोज्दा करेन्ट लागेर घाइते भएकी नहेश्वरीलाई उपचारका लागि विराटनगर लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । करेन्ट लागेर सोही ठाउँकी ३५ वर्षीया कुस्मी राजवंशी घाइते भएकी छन् । घाइते महिलाको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

यस्तै सुनसरीको रामधुनी नगरपालिका –२ कालीझोडामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लाग्दा सोही ठाउँ बस्ने ३२ वर्षिय जयराम चौधरीको मृत्यु भएको हो । हिजो साँझ मोटर चलाएर कुखुराको खोर सफा गर्न खोज्दा चौधरीलाई करेन्ट लाग्दा बेहोस भएर लडेका थिए । उनलाई घरका अन्य सदस्यले उपचारका लागी जिल्ला अस्पताल पुर्याएका थिए । उनको सोही अस्पतालमा साँझ ६ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

प्रकाशित मिति: ३ जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्