धनकुटामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या



धनकुटा, जेठ ३
धनकुटाको साँगुरीगढी गाउँपालिका –५ बेगना भन्ने स्थानमा एक पुरुषले आफ्नै श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन् । स्थानीय कमलप्रसाद लिम्बुले ४५ वर्षीय पत्नी गोपीमाया लिम्बुलाई आज बिहान खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

बिहान ८ बजेतिर दुबै जनाबीच घरायसी विवाद हुँदा कमलप्रसादले गोपीमायालाई खुकुरीले हानेको स्थानीयबासीले प्रहरीलाई बताएका छन् । गर्दनमा खुकुरीले लाग्दा गोपीमायाको घटनास्थलमै मृत्यु भएको थियो । कमलप्रसादले चलाएको खुकुरी लागेर छिमेकी खड्गप्रसाद लिम्बु समेत गम्भीर घाइते भएका छन् ।

उहाँको घाँटीमा गहिरो चोट लागेकोले उपचारका लागी विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा ल्याइएको छ । अभियुक्त कमलप्रसादलाई प्रहरी चौकी डाँडाबजारले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News