खाजा खाने बाहानामा होटलमा पुर्याएर बलात्कार

भक्तपुर, जेठ ५
गत वैशाख ३१ गते एक युवतीलाई करणी गरेको अभियोगमा प्रहरीले शुक्रबार काठमाडौँ, शंखरापुर–५ बस्ने ३० वर्षीय सन्तोष दंगाललाई पक्राउ गरीसार्वजनिक गरेको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरी अनुसन्धान शुरु गरेको परिसरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिनुभयो ।
युवतीलाई भेट्नु छ भनेर बोलाई खाजा खाने बहानामा होटलमा पुर्याएर करणी गरेको उजुरी परेपछि प्रहरीले दंगाललाई पक्राउ गरेको उहाँले बताउनुभयो । रासस
प्रकाशित मिति: ५ जेष्ठ २०७५, शनिबार
















