अध्यात्मिकबाटै मानिसहरु सत्यको मार्गमा : मेयर फागो



मोरङ, जेठ ५
उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले अध्यात्मिकबाटै मानिसहरु सत्यको मार्गमा हिड्ने बिचार व्यक्त गर्नुभएको छ । नेपाल सन्तमत सत्संग नगर समिति उर्लाबारीको आयोजनामा आजदेखि दुई दिन सम्म संचालन हुने सत्संग कार्यक्रममा बोल्दै मेयर फागोले सो कुरा बताउनुभएको हो ।

अध्यात्मिकबाटै मानवीय संवेदशनशीलता उत्पन्न हुने उल्लेख गर्दै मेयर फागोले मानिसहरु राम्रो बिचार लिएर अगाडी बढ्न अध्यात्मिक ज्ञान आवश्यक पर्ने बताउनुभएको हो ।

भारत, भागलपुर कुप्पाघाटका महर्षी मेही चरणसेवी स्वामी प्रमोद जी मुख्य प्रबचक रहेको सो सत्संग कार्यक्रममा हजारौ भक्तजनहरुको सहभागिता रहेको छ । कार्यक्रमका संयोजक गोपाल पोद्दारको अध्यक्षतामा सो कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: ५ जेष्ठ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्