भाग्यरेखा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु



झापा, जेठ ६

झापाको कन्काई नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार राति यात्रुबाहक बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मे१ख २२८३ नंको मातृ भाग्यरेखा बसले ठक्कर दिँदा अन्दाजी ३४ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतकको नाम, थर र वतन खुल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारका लागि मेची अञ्चल अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News