अवैध चाँदीसहित दुईजना पक्राउ
मोरङ, जेठ ६
विराटनगर महानगरपालिका –१७ मटेरुवाबाट प्रहरीले शनिवार साँझ अवैध चाँदीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउदै गरेको चाँदीको गहनासहित मोरङ जहदा गाउँपालिका बस्ने २४ वर्षीय चन्दन साह र कटहरी गाउँपालिका ४ बस्ने पिन्टु साहलाई पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट २३ थान औठी, ३ जोर पाउजु, २ वटा रिङ र टुक्रा समेत गरी आधा किलो चाँदी बरामद भएको छ । दुबै जनालाई अनुसन्धानका लागी इलाका प्रहरी कार्याय रानीमा राखीएको छ ।
प्रकाशित मिति: ६ जेष्ठ २०७५, आइतबार
















