एकतामाथि एनपी साउँदको धावाः लगाए गम्भीर आरोप


 


धनगढी, जेठ ६
नेपाली कॉग्रेसका केन्द्रीय सदस्य एनपी साउँदले कम्युनिष्टहरको एकताले लोकतन्त्रमाथि नै खतरा बढेको बताएका छन् ।

धनगढीमा आयोजित नेपाल तरुण दलको भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले बामगठबन्धनबीचको एकताले देशको लोकतन्त्र खतरामा पर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टी राम्रोसंग चल्न सक्ने संकेत नदेखिएको बताउँदै उनले बीचमा भएका सहमतीले धेरै टिक्न नसक्ने दाबी गरे ।

पार्टी एकिकरण घोषणाका दिन दुई वर्षभित्र सहमतीमा नेतृत्व चयन गर्ने कुरा लोकतन्त्र विरोधी भएको बताउ‘दै उनले गठबन्धनको यो सहमतीले नै एकता टिकाउ नहुने दाबी गरे ।

बाम गठबन्धनको सहमतीले देशकै लोकतन्त्रमा असर पर्ने संकेत देखिएको बताउँदै सोही सहमतीले नै अहिलेको चुरीफूरी धेरै दिन नटिक्ने बताए ।

उनले लोकतन्त्रमा शान्तपूर्वक सबैले अधिकारको माग गर्न पाउने भएपनि अहिले सरकारले धरपकड सुरु गरेको बताए । ‘अहिले कसैले शान्तिपुर्वक अधिकारको माग गर्दा सरकारले धरपक्कड सुरु गरिसकेको छ’ उनले भने, ‘यो नै बाम एकताको खतराको संकेत हो ।’

उनले सरकारले बहुमतको आडमा जनताको भावनाविपरित काम गर्ने प्रयास गरिरहेको आरोपसमेत लगाए । तरुण दल लगायत नेपाली कॉग्रेसका भातृ संगठनहरुलाई जनताको भावना अनुसार काम गर्न उनले आग्रहसमेत गरेका छन् ।

प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा दोस्रो नम्बरमा खुम्चिएपछि कांग्रेसले अहिले देशव्यापी प्रशिक्षण तथा भेला आयोजना गरिरहेको छ । केही दिनअघि मात्रै धनगढीमा तरुण दलको सात नम्बर प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न भएको थियो ।

प्रकाशित मिति: ६ जेष्ठ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्