मोरङ र झापामा सवारी दुर्घटना, तीन जनाको मृत्यु


 


दमक, जेठ ८
झापाको कमल गाउँपालिका–५ स्थित पूर्वपश्चिम राजमार्गमा गएराति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । राती साढे ११ वजेतिर पश्चिमबाट पूर्व जाँदै गरेको को ३३ प १९५१ नम्बरको मोटरसाईकलमा सवार दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाईकल बाटो छेउमा रोकीराखेको मे १ त ४२२८ नम्बरको ट्याक्टरमा ठोक्किँदा मोटरसाईकल चालक मोरङ ,उर्लाबारी– ८ का ३१ बर्षिय राजु लिम्बु र पछाडी सवार मोरङ ,पथरीशनिश्चरेकी २५ बर्षिया बिमला लिम्बुको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाईते दुवैजनाको दमकस्थित लाईफलाईन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

यता मोरङको मिक्लाजुङ गाउँपालिका –८ स्थित मधुमल्ला –तोरीबारी भित्री सडक खण्डमा हिजो साँझ अटो ट्याम्पु दुर्घटना हुँदा एक बृद्धको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाईते भएका छन् । तीब्र गतिमा रहेको को १ ह ८६८१ नं.को अटो ट्याम्पु आफै अनियन्त्रित भई पल्टिदा इलाम, चुलाचुली गाउँपालिका – ६ का ७० वर्षिय बृद्ध हर्कबहादुर बोहराको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाईते भएका बृद्धको उर्लाबारीस्थित अरनिको हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मृतककी श्रीमती ५८ वर्षिया कमला बोहारा घाईते भएकाले उहाँको अरनिको हस्पिटलमै उपचार भईरहेको छ ।

यस्तै घाईते मिक्लाजुुङ –९ की २२ वर्षिया पुर्णिमा तामाङ र सोही ठाउँकी ८० वर्षिया सुभद्रा कार्कीको साझा हस्पिटल मधुमल्लामा उपचार भईरहेको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी नायव निरीक्षक किरण प्रसाईले जानकारी दिनुभयो । ट्याम्पु र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: ८ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्