भोजपुरका महिलाहरुले यसरी मनाए तीज


 


teajभाेजपुर, भदाै ३०

नेपाली हिन्दु नारीहरुको महान चाड हरितालिका तीज भाेजपुरका महिलाहरुले धुमधामका साथ मनाएका छन् । उनिहरुले अाज बिहानैदेखी मठ मन्दिर तथा शिवालयमा गएर पुजा पाठ गर्नुका साथै नाचगान गरेर मनाएका छन् ।

गाउँ सहर सबैतिरका महिलाहरु भेला भएर एक अापसमा खुसी साट्दै तीज मनएका छन् । अाज विहानैदेखी यहाँका मठ मन्दिरमा महिलाहरुको बाक्लो उपस्थिति थियो ।

सदरमुकामकाे टुँडिखेलमा नृत्य प्रतियोगिता कै अायोजना गरिएको थियो भने गाउँ सहरका चोकहरुमा गीत घन्काउँदै कम्मर मर्काइ मर्काइ महिलाहरु नाँचेकाे कम्ति रोचक थिएन् ।

teaj 1

teaj 2

प्रकाशित मिति: ३० भाद्र २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्