विश्व प्रजातान्त्रिक युवा संगठनको महासभा भोलिदेखि पहिलो पटक नेपालमा हुँदै



काठमाडौँ, जेठ ८

विश्व प्रजातान्त्रिक युवा संगठनको महासभा भोलिदेखि संघीय राजधानीमा हुने भएको छ ।

प्रत्येक वर्ष आयोजना हुने यो बैठक पहिलो पटक नेपालमा हुन लागेको हो । यसअघि क्युवामा बैठक बसेको थियो ।

तीन दिनसम्म चल्ने महासभामा विश्वमा रहेका युवाको शिक्षा र रोजगारका समस्याबारे वहस गरी समाधानको उपायबारे छलफल हुने युवा संघ नेपालका वरिष्ठ उपाध्यक्ष किरण पौडेलले जानकारी दिनुभयो ।

युवा संघ नेपाल र अनेरास्ववियूको आतिथ्य तथा संगठनको आयोजनामा हुने सो महासभामा विश्वमा कम्युनिष्ट आन्दोलनको समीक्षा तथा प्रचारप्रसार गरी अबको कम्युनिष्ट आन्दोलनको बारेमा साझा धाराण निर्माण गर्ने र विश्व साम्राज्यवादविरुद्ध रणनीतिक योजना बनाइने उहाँले बताउनुभयो ।

महासभामा विभिन्न देशबाट प्रतिनिधित्व गरेकाले कम्युनिष्ट आन्दोलन र युवाका बारेमा कार्यपत्र प्रस्तुत गर्नेछन् । नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा कम्युनिष्ट आन्दोलनको विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुने छ ।

महासभामा साइप्रस, नामिविया, भियतनाम, लाओस, उत्तर कोरिया, क्युवा, स्पेन, पोर्चुगल, रसियालगायत ४२ देशका ७२ युवासहित २०० सयको सहभागिता हुनेछ ।

महासभाको उद्घाटन राष्ट्रिय सभागृहमा बुधबार विहान प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने छ भने उद्घाटन समारोहमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नु हुनेछ ।

विश्वमा रहेका कम्युनिष्ट र प्रजातान्त्रिक देशका युवा तथा विद्यार्थीको छाता संगठनको रुपमा रहेको यो संगठनमा विश्वका युवा र विद्यार्थीका २५० संगठन आबद्ध छन् ।

नेपालबाट युवा संघ नेपाल र अनेरास्ववियू उक्त संगठनका सदस्य छन् । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News