आलुको बोरामा ६ किलो चरेश, बाबु-छोरा पक्राउ

धनगढी, जेठ ९
कैलालीको गोदावरी नगरपालिकामा ६ किलो चरेशसहित बाबु–छोरा पक्राउ परेका छन् ।
सात नम्बर प्रदेशस्तरीय क्षेत्रीय अनुसन्धान समूहले चरेशसहित बाजुराको छेडेदह गाउँपालिका वडा नम्बर ३ का ५० वर्षीया नौले बुढा र उनका २९ वर्षीया छोरा छत्र बुढालाई पक्राउ गरेको हो ।
आलुको बोरामा ६ किलो चरेश लुकाई ल्याएको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दुवै जनालाई पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरी निरीक्षक इश्वरीदत्त पाण्डेले जानकारी दिए ।
प्रकाशित मिति: ९ जेष्ठ २०७५, बुधबार
















