सुनसरीमा काँग्रेसको क्षेत्रीय समिति विघटन



इटहरी, जेठ ९
नेपाली काँग्रेस क्षेत्र नं १ सुनसरीको क्षेत्रीय समिति आज विघटन गरिएको छ ।क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले पार्टी संगठनलाई नयाँ ढंगले सञ्चालन गर्न उक्त निर्णय गरिएको हो ।

पार्टीका सक्रिय नेता तथा कार्यकर्तालाई अवसर प्रदान गर्न पुनर्गठन गर्ने गरी क्षेत्रीय समितिलाई विघटन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभएको छ ।

बैठकले पर्यटकीयस्थल धरान–४ मा खानेपानीको ठूलो समस्या भएको भन्दै निर्माणाधीन खानेपानी आयोजनाले नसमेटिएका वडामा पर्याप्त खानेपानीको व्यवस्था गर्नसमेत माग गरेको प्रचारप्रसार संयोजक प्रेमकुमार राईले थप जानकारी दिनुभयो ।

बैठकले विकास निर्माण कार्यमा पारदर्शीता जरुरी रहेकोतर्फ ध्यानाकर्षण गर्ने निर्णयसमेत गरेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News