ईटहरीबाट एसएलआरको गोलीसहित दुई युवक पक्राउ


 


सुनसरी, जेठ १०
सुनसरीको ईटहरीबाट एसएलआर राईफलको गोलीसहित दुई युवक पक्राउ परेका छन् । प्रहरीले ईटहरी उपमहानगरपालिका –२ पानीपिया बस्ने १९ वर्षीय प्रेम आचार्य र उनका साथी सन्देशकुमार सुन्दासलाई एक राउण्ड एसएलआरको गोलीसहित गएराती पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोष्ट शान्तिझोडाबाट खटिएको गस्ती टोलीले आचार्यलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट गोली बरामद भएपछि उनीसहित उनका साथीलाइ नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

प्रकाशित मिति: १० जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्