नीति तथा कार्यक्रम सर्वसम्मत पारित



काठमाडौँ, जेठ १३

प्रतिनिधिसभाबाट सरकारको आव २०७५/७६ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ । नीति तथा कार्यक्रममाथि छलफलमा उठेको प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि उक्त प्रस्ताव निर्णयार्थ सभामा प्रस्तुत गरिएको थियो ।

यसअघि प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस र प्रतिपक्ष राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट दर्ता भएको संशोधनका सूचना निर्णयार्थ प्रस्तुत गर्दा सभाको बहुमतले अस्वीकृत गरेको थियो । संघीय समाजवादी फोरम नेपालका चार सांसदले भने प्रधानमन्त्रीको स्पष्टीकरणपछि संशोधन फिर्ता लिएका थिए ।

यसअघि प्रधानमन्त्रीसँग सांसद भरतकुमार शाह, सञ्जयकुमार गौतम, रामसहायप्रसाद यादव, सरिता गिरी, अमरेशकुमार सिंह, डा मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडूलगायतले स्पष्टीकरण माग गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १५ गते सांझ ६ः३० बजे बस्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News